Logo

पल शाहलाई थुनामा राख्न लिएका प्रमाण उच्च अदालतले माग्यो



काठमाडौं, १६ चैत्र । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश गर्दा लिएका प्रमाण उच्च अदातल पोखराले मागेको छ।

शाहले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले जिल्ला अदालत तुनहुँसँग शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाणमा लिएका कागजात प्रमाणित प्रतिलिपि माग गरेको हो ।

शाह गत चैत्र १० गतेदेखि पुर्पक्षको लागि थुनामा छन् । तनहुँ जिल्ला अदातले उनलाई थुनामा राख्न आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशी भने १ लाख धरौटीमा छुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्