Logo

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् । उनले एमाले जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं भन्ने मुल नाराका साथ त्यसदिशामा अघि वढ्न संकल्पवद्ध रहेको सुनाए ।

उनले फेशबुकमा लेखेका छन्–”नेपाली राजनीतिलाई स्वाधिनता,स्वाभिमान र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिन सक्ने ठाउमा पुर्याउन, समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय संकल्प पुरागर्नेगरी आर्थिक-सामाजिक विकास र रुपान्तरणलाई तिव्रता दिन तथा शान्तिपूर्ण र वैधानिक वाटोवाट मुलुकलाई समाजवादको दिशातर्फ अघि वढाउन वलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । नेकपा(एमाले) अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा ‘दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौ’ भन्ने मुल नाराका साथ त्यसदिशामा अघि वढ्न संकल्पवद्ध छ । आउने चुनाववाट मुलुकको राजनीति नेकपा(एमाले) र नेपाली कांग्रेसको नेतृत्वमा दुई ध्रुवमा ध्रुविकृतहुने लक्षण देखिनु सुखद पक्ष हो ।यसले मुलुकलाई अस्थिरता र अविकासको अवस्थावाट विकास र समृद्धिको वाटोमा ल्याउन निर्णायक सहयोग पुग्नेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot