Logo

विश्वका मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौंः डा. बाबुराम भट्टराई



काठमाडौं, १७ चैत्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वका मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै भारत, चीन, अमेरिकालगायत शक्तिहरुसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका हुन् ।

‘युक्रेनको घटना ठूलो पाठ हो । हामी ठूलो छिमेकीको बीचमा छौं,’ जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले भने, ‘मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं ।’

उनले विश्व राजनीतिसँगै भूराजनीति समेत बदलिएको टिप्पणी गरे । विश्व नयाँ शितयुद्धको छायाँ प्रतिछायाँमा बदलिइरहेको भन्दै देशभित्र राष्ट्रियताको प्रश्नमा सहमति गर्नुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय मुद्दामा सहमति गर्नुपर्छ, राजनीतिक नेतृत्वले ग्रहण गरोस् ।’

देशमा राजनीतिक स्थायित्वका लागि स्थायित्वको सरकार आवश्यक भएको बताए । उनले पूर्ण समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिए ।
अर्थतन्त्रलाई श्रमको निर्यात नभई श्रमको देशभित्र उपयोगमा जानुपर्ने बताए । उनले भने, ‘श्रम निर्यात गर्ने देश विकसित हुँदैन । पूँजी र प्रविधि आयात गरेर श्रमको उपयोग गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्