Logo

श्रीलंकाको जस्तो आर्थिक संकटको अवस्थामा नेपाल जाँदैनः प्रचण्ड



काठमाडौं १७ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको बताए ।

‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं,’ पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले समयमै उपाय खोज्नुपर्ने बताए ।

प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’
माओवादीले देशको संकटमोचनमा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए । तर, माओवादीलाई स्वीकार्न पनि नसक्ने विचित्रको अवस्था रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्