Logo

भन्सार छली ल्याईएका मोवाइलसहित पक्राउ



काठमाडौं, १७ चैत्र । भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका–३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।

भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका(३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot