Logo

महिला देश चलाउन सक्षम छन् : चन्दा चौधरी



काठमाडौं, १७ चैत्र ।  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको सुनाईन् । उनले नेताहरुलाई पनि अब व्यक्तिगत र पार्टीभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिईन् ।

आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले क्लबले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् । उनले भनिन्,‘म क्लबलाई धन्यवाद दिन चाहन्छु । तपाईँहरुको संस्था आज २४औं वर्षमा प्रवेश गरेको छ, यो लामो यात्रामा तपाईँहरुले धेरै नै मेहनत र संघर्ष गर्नुभयो, आज क्लब सबैको साझा मञ्चको रुपमा स्थापित छ । क्लबका सभापति ऋषिजीको सक्रियतापूर्वक भूमिकाको कारणले आज क्लबले यो गरिमा र उचाईँ हासिल गरेको हो । म धेरै खुशी छु । क्लबले सत्य र निश्पक्ष भूमिका खेलेको छ। महिलाहरुको एजेण्डालाई पनि प्राथमिकता दिएको छ।’

उनले नेपाल प्राकृतिक रुपले सम्पन्न भएपनि किन सधैं गरिबीको चपेटमा परेको भनेर प्रश्न गरिन् । उनले भनिन्,‘हाम्रो देश कहिलेसम्म गरिब हुने ? अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको नेतृत्वमा बसेकाहरुले काम गर्नुपर्छ । यस्तो सोच्यौं भने देश बन्छ, महिला देश चलाउन सक्षम छन् । महिलालाई मेयर किन नदिने ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot