एजेन्सी, १७ चैत्र । बक्स अफिसमा ’द कश्मीर फाइल्स’ को गति सुस्त भएको छ। फिल्मले तीन साता पूरा गर्न लागेको छ । चौथो हप्तामा प्रवेश गर्नुअघि नै यसको लागि ठूलो खुसीको खबर आएको छ । यसले विश्व जगतमा कुल आम्दानी ३०० करोड नाघेको छ । यद्यपि, यसले अझै पनि बक्स अफिसमा निडरतापूर्वक गर्जन गरिरहेको आरआरआरको रूपमा ठूलो चुनौतीको सामना गरिरहेको छ।
‘द कश्मीर फाइल्स’ ले घरेलु बजारबाट २७५ करोड ३३ लाख कमाएको बलिउड हंगामाको रिपोर्ट अनुसार विदेशमा २७ करोड ९४ लाख कमाएको छ । जसलाई जोड्ने हो भने यो फिल्मको वर्ल्ड वाइल्ड ग्रस कलेक्शन ३०३ करोड २७ लाख थियो । विवेक अग्रिहोत्रीको फिल्मले बच्चन पाण्डे र राधेश्याम जस्ता फिल्मलाई पनि बक्स अफिसमा पानी हाल्यो । तर जबदेखि राजामौलीको आरआरआर रिलिज भएको छ, त्यसको कमाईमा निकै प्रभाव परेको छ ।
कश्मीर फाइल्स बक्स ग्लोबल अफिसमा ४०० करोडको आँकडा पार गर्ने ४२औं फिल्म बनेको छ। फिल्मले सलमान खानको ‘रेस ३’ र अक्षय कुमारको ‘सूर्यवंशी’को कमाईलाई उछिनेको छ । रेस ३ ले २९४ करोड ९८ लाखको व्यापार गरेको थियो भने सूर्यवंशीले २९४ करोड १७ लाख कमाएको थियो ।
’द कश्मीर फाइल्स’ च्च्च् को उत्कृष्ट प्रदर्शनको बाबजुद पनि थिएटरहरूमा चलिरहेको छ। अहिलेको अवस्थालाई हेर्दा ‘द कश्मीर फाइल्स’ ले अक्षय कुमारको ‘टा‘यलेट एक प्रेम कथा’लाई छिट्टै उछिनेर बक्स अफिसमा ३०८ करोड ०२ लाख कमाएको भन्नु गलत हुनेछैन।