Logo

युवा व्यवसायी इञ्जिनियर अशोक धमला प्रधानमन्त्री देउवाबाट सम्मानित



काठमाडौं, १७ चैत्र । इञ्जिनियर अशोक धमला रिपोर्टर्स क्लब नेपालको विशेष सम्मान–२०७८ बाट सम्मानित भएका छन्।

क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मानित भएका हुन् ।

प्रधानमन्त्री देउवा र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरमा धमलालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ,‘नेपाली डिजिटल मिडिया र विभिन्न व्यवसायमा सक्रिय रहेर पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ । साथै, यहाँको व्यक्तिगत र व्यवसायिक जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot