Logo

एकल निर्देशनको तयारीमा कंगना



एजेन्सी, १७ चैत्र । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो एकल निर्देशनको घोषणाको तयारीमा छिन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कंगनाले यो जानकारी दिएकी हुन् ।

उनले छिट्टै आफ्नो एकल निर्देशनको घोषणा गर्ने बताइन् । उनले भनिन्,‘यो प्रोजेक्ट म निर्माण गर्नेछु र मुख्य भूमिका पनि म नै निर्वाह गर्नेछु।’यसअघि कंगनाले कृष जगरलामुडीसँग मिलेर २०१९ फिल्म मणिकर्णिका द क्वीन अफ झाँसी निर्देशन गरेकी थिइन् । यो फिल्म झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधारित थियो । फिल्ममा उनी आफैंले लक्ष्मीबाईको भूमिका निभाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्