Logo

बालिका बलात्कार गर्ने पुरुष ईमाडोलबाट पक्राउ



ललितपुर, १८ चैत्र । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot