Logo

देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपनले सकियो : प्रचण्ड



काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् ।

शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौंँ । तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’

केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरुप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्नुपर्ने बताए । देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उनले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताए । देश संकटमा परेका बेला माओवादीले जोगाएको उनको दाबी छ ।

https://www.facebook.com/prachanda.nepal/videos/459135095956624



प्रतिक्रिया दिनुहोस्