Logo

‘पाकिस्तानको सिन्ध प्रान्तमा अल्पसंख्यक हिन्दू असुरक्षित’



एजेन्सी, १८ चैत्र । पाकिस्तानको सिन्ध प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक हिन्दू असुरक्षित भएको रिपोर्टले बताएको छ । घृणायुक्त शब्दहरुका कारण उनीहरुमा मनौवैज्ञानिक र सामाजिक असरहरु परेको द नेस्नल कमिशन फर जस्टिस एन्ड पिसको रिपोर्टले जनाएको छ ।

सिन्धुमा रहेका हिन्दू मात्र नभई अल्पंख्यक शिख, इसाई, सिया र अहमादी समुदाय पनि निरन्तरको त्रासमा बाँच्न वाध्य भएको द न्युज इन्टरनेशनलले जनाएको छ । पाकिस्तानमा राज्यले नै पाठ्यक्रम देखि भाषणहरुमा अल्पसंख्यकप्रति घृणा जन्माउने विषय उल्लेख गर्ने गरेको विषय उठाइएको छ ।

पाकिस्तानमा घृणाजन्य भाषणलाई स्वीकार गरिने गरिएको र त्यसले अल्पसंख्यक समुदायमाथि असुरक्षा पैदा गर्ने गरेको जनाइएको छ । महिलाहरु समेत असुरक्षित हुने गरेको रिपोर्टमा भनिएको छ । अल्पसंख्यकले लगाउने कपडालाई पनि नकारात्मक शब्द दिने गरिएको पत्ता लागेको छ ।

पाकिस्तानको सिन्धमा हालै एकजना हिन्दू किशोरीलाई धर्म परिवर्तन गरी विवाह गर्न नमानेकोमा हत्या गरिएको थियो । यसले विश्वभर चासो पाएको थियो । पूजा कुमारीको हत्यामा त्यहाँको बहुसंख्यक मुसलमान समुदायका युवकसहित उनका दुई सहयोगी संलग्न रहेको खुलेको थियो ।
पाकिस्तानमा २ प्रतिशत हिन्दू जनसंख्या छ । त्यसमध्ये ९० प्रतिशत सिन्ध प्रान्तमा बसोबास गर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot