Logo

भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गर्दैन् : विजय जोली (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल भारत सम्बन्ध अहिले सुमधुर रहेको बताएका छन् ।

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अहिले सार्कले नै चासो दिएर हेरेको बताए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सरिक नेता जोलीले प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखिको पूरानो सम्बन्ध रहेको स्मरण गराए । उनले दुई देशबीचको सम्बन्ध सदैव सुदृढ रहेको जनाए । उनले कोभिडकालमा नेपाललाई भारतले गरेको सहयोगले पनि भारतले नेपाललाई कति सम्मान र माया गर्छ भनेर दर्शाउने उल्लेख गरे । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि दख्खल नदिएको र नदिने स्पष्ट पारे ।

https://www.facebook.com/primetimestvnepal/videos/273385674983958



प्रतिक्रिया दिनुहोस्