Logo

नेपालको विकासबारे मोदी सकारात्मक हुनुहुन्छ : पूर्वराजदूत पुरी (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । नेपालका लागि पूर्व भारतीय राजदुत मञ्जिवसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध सधैं राम्रो र सुमधुर रहेको बताएका छन् । उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिलाए ।

नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी पूर्वराजदुत पुरीले प्रधानमन्त्री देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल हुने पनि विश्वास व्यक्त गरे ।

प्राइम टीभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेपाल आर्थिक रुपमा सम्पन्न भएको हेर्ने भारतको चाहना रहेको र सोहीअनुसार सहयोग गर्दै आएको पनि स्पष्ट पारे ।

उनले भारतको समृद्धिले नेपालको समृद्धिमा पनि टेवा पुग्दै आएको सुनाए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासको सकारात्मक सोच राखेको दाबी गरे ।

https://www.facebook.com/primetimestvnepal/videos/273385674983958



प्रतिक्रिया दिनुहोस्