Logo

वार्ता तथा सम्वादबाट मात्रै नेपाल-भारतको सिमा विवाद हल हुन्छ : अशोक मेहता (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आजबाट सुरु भएको भारत भ्रमण सफल हुने बताएका छन् ।

उनले प्रधानमन्त्री देउवा पाँचौ पटक प्रधानमन्त्री भैसकेको व्यक्ति भएको र पटक पटक प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गरिसकेको स्मरण गराए । उनले नेपाल र भारतबीचको सम्बन्ध सधैं प्रगाढ रहेको सुनाए ।

उनले सरकारको नेतृत्वमा जो आएपनि त्यसले सम्बन्धमा कुनै असर नपर्ने पनि दाबी गरे । नयाँ दिल्लीमा प्राइम टीभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले शान्ति रहेको सुनाए ।

अब नेपालले विकासको गति समात्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीच भएको सिमा विवाद वार्ता तथा सम्वादमार्फत नै हल हुने विश्वास दिलाए ।

उनले रसिया युक्रेन युद्ध मामिलामा नेपालले लिएको नीतिको प्रशंसा गरे । उनले नेपालको प्रधानमन्त्री देउवाले सिमा विवादको विषय उठाउने आफूले विश्वास लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot