Logo

ग्राहक झुक्याउने बीओके दिन प्रतिदिन खस्किँदै



काठमाडौं, चैत १९ । सुरुमा सस्तो ब्याजदरमा कर्जा दिने भन्दै ग्राहक लोभ्याउँदै पछि बिनाजानकारी ब्याज बढाई ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डू लिमिटेडको मुनाफा पनि घट्ने क्रम बढ्न थालेको छ ।

बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । जसले गर्दा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । ग्राहकलाई कर्जा लोभ्याउँदै फसाउन थालिएपछि बैंकको कर्जा तिर्न असमर्थ भएपछि बैंकको खराब कर्जा पनि बढ्न थालेको हो ।

बैंकको कर्जा चंगुलमा फस्नेमा सर्वसाधारण मात्र नभई विशिष्ट व्यक्ति पनि परेका छन् । भन्नेबेलामा एकथरि र हस्ताक्षर गराउने बेलामा अर्कोथरीमा हस्ताक्षर गरी बैंकले ग्राहकलाई समस्या पार्दै आएका छन् । सानो अक्षरमा प्रिन्ट गरिएको र पढ्न पनि धेरै समय लाग्ने सर्तमा हतारहतार हस्ताक्षर गराई बीओकेलाई ग्राहकलाई फसाउने गरेको छ ।

२०७३ सालमा हायर पर्चेजमा कर्जा लिएका एक ऋणी बीओकेको कर्जा जालमा अहिले पनि फसी नै रहेका छन् । कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ ।

मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्ने गरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदाहुँदा ब्याज झन्झन् बढाउँदै लगेको उनले गुनासो गरे ।

कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यतित्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो ।

उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जतिजति ईएमआई भर्दै गयो त्यतित्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’

२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥याइयो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन् झन् बढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot