Logo

विश्वकप फुटबलमा कुन देश कुन समूहमा



काठमाडौं, १९ चैत्र । कतारमा यस वर्ष आयोजना हुने विश्वकप फुटबलमा समूह विभाजन भएको छ । गएराति सम्पन्न समूह विभाजनमा अमेरिका र बेलायतको समूहमा इरान पनि परेको छ । इरानको अमेरिका र बेलायतसँग सम्बन्ध राम्रो छैन ।

विश्वकप जितिसकेका स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । उक्त समूहमा जापान पनि परेको छ ।

पाँच पटककको विश्वकप विजेता ब्राजिलको समूहमा सर्विया, क्यामरुन र स्वीटजरल्यान्ड परेको छ ।

कुन समूहमा कुन टोली
समूह एः कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस
समूह बीः बेलायत, इरान, अमेरिकाका अलावा छनोट हुन बाँकी वेल्स स्कटल्यान्ड र युक्रेनमध्ये एक
समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह डीः फ्रान्स, डेनमार्क, ट्युनिसियाका अलावा छनोट हुन बाँकी युएई अष्ट्रेलिया र पेरुमध्ये एक
समूह ईः स्पेन, जर्मनी, जापानका अलावा छनोट बाँकी कोस्टारिका र न्युजिल्यान्डमध्ये एक
समूह एफः बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह जीः ब्राजिल, सर्विया, स्वीटजरल्यान्ड र क्यामरुन
समूह एचः पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

Photo Source: BCCL



प्रतिक्रिया दिनुहोस्