काठमाडौं, १९ चैत्र । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । उनीहरुबीच एक्लाएक्लै भेटवार्ता सुरु भएको छ ।
‘वन अन वन’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल–भारत द्विपक्षीय बैठक हैदरावादा हाउसमा नै हुनेछ ।द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच कम्तीमा चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा दुवै देशका सम्बन्धी पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।