काठमाडौं, १९ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । शनिबार ललितपुरस्थित नमुना मछिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदनस्मारक माध्यमिक विद्यालय केन्द्रको मन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।
शनिबार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन समेत उनले निर्देशन दिए ।
पौडेलले परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए । उनले परीक्षा अर्मादित क्रियाकलाप रहित सम्पन्न भएको जानकारी दिए ।