एजेन्सी, १९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनले विपक्षीमाथि कडा आरोप लगाएका छन् ।
अमेरिकाको नाम लिएर आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । तर, उनले अमेरिकाको नाम लिएर पुनः सच्याएर अमेरिका होइन भने ।
तर, खान अमेरिकाप्रति असन्तुष्ट छन् । उनले विदेशीले आफूलाई हटाउन खोजेको बताउँदै आएका छन् । पाकिस्तानमा अमेरिकाको बलियो प्रभाव छ । सैन्य सम्बन्ध पनि बलियो छ ।
इमरान खानले भारतको भने प्रशंशा गरेका छन् । यसलाई विश्वभर चासोका साथ हेरिएको छ । भारतको विदेश नीति स्वतन्त्र र आफ्नो स्वार्थमा केन्द्रित रहने गरेको बताउँदै प्रशंशा गरे । युक्रेनमाथि रुसी हमला हुँदा भारत तटस्थ बसेको भन्दै शुक्रबार टेलिभिजन सम्बोधनमा आफ्नो स्वतन्त्र कूटनीतिलाई बचाइराखेको भने ।
इमरान खानले दोस्रो पटक भारतको प्रशंशा गरेका हुन् । यसअघि उनले पार्टीको एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका थिए ।