Logo

नेपाल र भारतबीच विश्वासको वातावरण बनेको छः राजदूत डा. शर्मा



काठमाडौं, २० चैत । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीच प्रतिबद्धता भएर अड्किएका सबै काम अब छिटोछिटो अघि बढ्ने बताएका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राजदूत शर्माले भने, “नेपाल र भारतबीच रहेका सबैजसो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुरा राख्नुभएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा विद्युत् व्यापारमा भारतबाट यस्तो प्रतिबद्धता आएको थिएन । जनकपुर—जयनगर रेलवे सञ्चालन, रुपे कार्डको उपलब्धता, सोलु कोरिडोर आयोजना र स्वास्थ्य क्षेत्रमा गरिएको संयुक्त प्रयास यस भ्रमको उपलब्धि हो ।”
प्रधानमन्त्री देउवाको भारत भ्रमणबाट दुई देशको बीचमा विश्वासको वातावरण बनेको पनि उनले बताए । उनले भने, “यो भ्रमणले नेपाल र भारतबीच विश्वासको वातावरण बनेको छ । म राजदूतका रुपमा भारत आएको चार दिन मात्र भयो । ब्यूरोक्रेटिक लेबलमा जे जे कुरा अड्किएको छ, टेबुलमा आएका कुरालाई म निष्कर्षमा पुर्याउने कोसिस गर्छु । वार्ता सुरु भएपछि काम फटाफट अगाडि बढ्छ ।”



प्रतिक्रिया दिनुहोस्