Logo

पाकिस्तानमा केही बेरमा अविश्वासको प्रस्तावमा मतदान हुँदै, गृहमन्त्रीले भने– इमरान हारे भने सेनाले पक्राउ गर्न सक्छ



एजेन्सी, २० चैत्र ।

पाकिस्तानमा आज इमरान खको सरकारको भाग्यको फैसला हुँदैछ । राष्ट्रियसभाको बैठक बिहान ११ः३० बजेदेखि सुरु हुनेछ, जसमा अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । पाकिस्तानका गृहमन्त्री शेख रसिदले अविश्वासको प्रस्तावमा विपक्षी दलले बहुमत पाएमा इमरान खानलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

यसैबीच आइतबार विपक्षी दलले संसदका सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्तावको सूचना पनि दिएको छ । कैसरले निष्पक्ष रूपमा काम नगरेकाले उनलाई संसदबाट पनि हटाउनु पर्ने विपक्षी दलहरुको धारणा छ ।

अर्कोतर्फ राष्ट्रिय सभाको कारवाही अघि नै वरपरका क्षेत्रहरु सिल गरिएको छ । यससँगै कन्टेनर राखेर सडक पनि बन्द गरिएको छ । इस्लामावादमा पनि कर्फ्यू लगाइएको छ ।

अविश्वासको प्रस्तावमा मतदान गर्नुअघि नवाज शरीफले आक्रमण गरेका थिए । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमाथि लण्डनमा आक्रमण भएको छ । अज्ञात व्यक्तिले नवाजलाई उनको कार्यालय अगाडि फोन फ्याँकेका थिए । जसका कारण उनका अंगरक्षक घाइते भएका छन् । नवाजकी छोरी मरियम नवाजले यस हमलाको लागि वर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) लाई दोष दिएकी छिन्।

शनिबार साँझ, इमरानले अचानक लाइभ सत्रमा फोनमा मानिसहरूसँग कुरा गरे। उनीहरुको प्रश्नको जवाफ दिए । चाखलाग्दो कुरा के छ भने, ११ फोन कलहरू मध्ये, ८ अन्य देशहरूमा बस्ने मानिसहरूबाट थिए।

अविश्वासको प्रस्तावमा मतदान हुनुअघि इस्लामावादका सबै सुरक्षा निकायलाई अलर्टमा राखिएको छ । संसद वरपर तीन हजार प्रहरी परिचालन गरिएको छ । यसका साथै रेन्जर्सलाई पनि तयारी अवस्थामा राखिएको छ । एकातिर राजधानीमा इमरान खानका समर्थकहरू भेला भइरहेका छन् भने अर्कोतिर विपक्षी पनि आफ्ना समर्थकसहित तयार छन् । अविश्वासको प्रस्तावमा मतदान हुनुअघि वा पछि दुवै पक्षका समर्थकले हिंसा फैलाउन सक्ने भन्दै गुप्तचर निकाय आशंकामा छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot