Logo

मलाइका आज दिउँसोसम्म अस्पतालबाट डिस्चार्ज हुने



एजेन्सी, २० चैत्र । बलिउड अभिनेत्री मलाइका अरोरा मुम्बई पुणे एक्सप्रेसवे नजिकै दुर्घटनामा परेकी छिन् । मलाइकालाई नवी मुम्बईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । उनकी बहिनी अमृता अरोराले उनको अवस्थाबारे जानकारुी दिएकी छिन् । उनको अनुसार मलाइका अहिले ठिक रहेको र आज अर्थात आइतबार अस्पतालबाट डिस्चार्ज हुनेछिन् ।

अमृता अरोराले भनिन्,‘जब मलाइका एक फेसन इभेन्टबाट मुम्बई फर्किरहेकी थिइन् । त्यसपछि उनको दुर्घटना भयो, अझै पनि डाक्टरको निगरानीमा छ। उनको टाउकोमा चोट लागेको छ । डाक्टरहरुले सीटी स्क्यान समेत गरेका छन् । तर, त्यसबाट केही पनि बाहिर आएको छैन । मलाइका आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनेछिन् ।’

मिडिया रिपोर्टका अनुसार गुढी पाडवाको अवसरमा महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताहरूको सम्मेलन भएको थियो। जसका कारण पुणेबाट धेरै मनसे कार्यकर्ता मुम्बई आएका थिए । यी कामदारहरूको कारण मुम्बई–पुणे एक्सप्रेसवेमा धेरै ट्राफिक थियो। यसैबीच खालापुर टोलनाका नजिकै तीनवटा सवारीसाधन एक्कासी एकआपसमा ठोक्किएका हुन् । जसमा मलाइका अरोराको कारसँग स्विफ्ट कार पनि ठोक्कियो, जसका कारण मलाइका अरोरा घाइते भएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्