Logo

मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको शल्यक्रिया भयो, निको हुन छ हप्ता लाग्ने



काठमाडौं, २० चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलमा घाइते भएका खेलाडी कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ ।

आज (आइतबार) बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक डा. निरज केसी र डा. निरन्जन सुवेदीको टोलीले ऐरीको शल्यक्रिया गरेको
नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

उनलाई बल रोक्ने क्रममा घाँटी मुनिको हड्डीमा चोट लागेको थियो । उक्त हड्डी भाँचिएको हुँदा शल्यक्रिया गरिएको र सन्चो हुन छ हप्ता लाग्ने नेपाली क्रिकेट टोलीको फिजियो टिमले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot