Logo

एमाले अध्यक्ष ओलीले बुद्धिजीवीहरुलाई दिए यस्तो सुझाव



काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने धारणा राखेका छन् ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए ।

आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot