काठमाडौं, २० चैत्र । भारत भ्रमणका दौरान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बनारसमा पुगी काशी विश्वनाथको दर्शन गरे । काशीमा पुग्दा प्रधानमन्त्रीकी पत्नी आरजु देउवा हिन्दू धर्मालम्बीले प्रायः पहिरिने गरेको रातो वस्त्रमा देखिइन् ।
आरजुले रातो साडीसहित घुम्टो ओढिन् । उनी परम्परागत हिन्दू नारी जसरी विश्वनाथ प्रवेश गरेकी थिइन् ।
आरजुले विश्वनाथ दर्शनपछि एएनआईसँगको कुराकानीमा नेपाल भारत सम्बन्धको बयान गरिन् । उनले हिन्दीमा भनिन्, ‘मेरो श्रीमान् धेरै प्रभावित हुनुहुन्छ कि यस्तो स्वागत गर्नुभयो । हाम्रो मन छोएको छ ।’ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको प्रशंशा गरिन् ।
नेपालका नागरिक भारतमा पूजापाठ दर्शनका लागि आउने गरेको र भारतका नागरिक पशुपतिनाथ मुक्तिनाथ जस्ता तीर्थस्थल जाने गरेको उल्लेख गरिन् । उनले दुई देशबीच प्रगाढ सम्बन्ध रहेको बताइन् ।
नेपाल भारत सम्बन्ध सदा से चला आ रहा है और सदा के लिए है- आरजू देउवा #IndiaNepalFriendship pic.twitter.com/8ty5JBW5Sc
— Pankaj Das (@pankajj_das) April 3, 2022