Logo

रुसले युक्रेनका कति लडाकु विमान झार्यो ?



एजेन्सी, २० चैत्र । युक्रेनले रुसको एउटा तेल भण्डारणमा हवाई हमला गरेपछि रुसले हवाई अड्डाहरु ध्वस्त पारिदिएको छ । रातभरको आक्रमणमा रुसको हवाई फौजले ५१ सैन्य अखडामात्र आक्रमण गरी क्षति पुर्याएको छ ।

अहिलेसम्म रुसले युक्रेनको १२५ लडाकु विमान, ८८ हेलिकोप्टर, ३८३ ड्रोन ध्वस्त पारिदिएको दाबी गरेको छ । रुसी सेनाका प्रवक्ता इगोर कोनासेन्कोभले युद्ध सुरु भएपछि २२१ जमिनबाट आकाशमा मार हान्ने मिसाइल प्रणाली, १९०३ लडाकु ट्यांक र सैन्य गाडी, २०७ रकेट सिस्टमलगायत ध्वस्त पारिदिएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्