काठमाडौं, २१ चैत्र । सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच सहमति भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएसँगै बैंकका कार्ड बाहक ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका हुन् ।
कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था रहेको बैंकले जनाएको छ ।
बैंकले हाल १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।