Logo

नेपालबाट भारतमा विद्युत निर्यात बढ्दो



काठमाडौं, २१ चैत्र । नेपालबाट भारतमा विद्युत निर्यातमा निरन्तर वृद्धि भइरहेको छ । यस वर्ष नेपालबाट भारतमा विगत वर्षको तुलनामा बढी विद्युत निर्यात भएको छ ।

भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले यस वर्ष गत वर्षको तुलनामा भारतमा नेपालबाट विद्युत आपूर्ति वृद्धि भएको खुलाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार श्रृंगलाले भारतको नेपालमा विद्युत उत्पादनका लागि भएका पूर्वाधार विकासको परियोजनामा ठूलो उपलब्धि हासिल भएको समेत बताएका छन् ।

भारतले विद्युत उत्पादन र पानीमा विशेष ध्यान दिएको श्रृंगलाको भनाईबाट पनि थाहा हुन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बाढी नियन्त्रण, ऊर्जा उत्पादन, सिंचाईलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको खुलाइसकेका छन् ।

महाकाली सन्धी अन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि भारतको चासोबारे श्रृंगलाले खुलाइसकेका छन् । २६ वर्ष अघि सम्झौता भएको उक्त सनधी अन्तर्गतको परियोजनाको डिपिआर चाँडै तयार गर्नेबारे थप छलफल गर्ने सहमति पनि भइसकेको छ । गेम चेन्जर परियोजनाका रुपमा हेरिएको पञ्चेश्वरमा भारतले चासो बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot