Logo

आज पनि थामिएन नेप्सेमा पहिरो, साढे १ अर्बको कारोबार



काठमाडौं, २१ चैत्र । शेयर बजारमा आज पनि पहिरो जाने क्रम जारी छ । सोमबार नेप्से परिसुचक १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४७ अंकले घटेर ४६६ दशमलव ५५ विन्दुमा रोकिएको हो ।

आज २२६ कम्पनीका १ अर्ब ५४ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्