Logo

चुनावमा गठबन्धन गर्न नदिने शेखर–गगनको अन्तिम अस्त्र



काठमाडौं, २१ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु चुनावको तयारीमा जुटेका छन् ।

सत्तापक्षीय गठबन्धनले भने चुनावमा तालमेलको गृहकार्य थालिसकेका छन् ।

कतिपय जिल्लामा त गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गरिसकेका छन् ।

तर, डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने कुनैपनि हालतमा गठबन्धन गर्न नदिने अडान लिएका छन् ।

उनीहरुले आफ्नो समूहको छुट्टै भेला गरिरहेका छन् ।

कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनीहरुको अडान छ।

सार्वजनिक रुपमै शेखर कोइरालाले गठबन्धन गर्न नहुने र गठबन्धन गरे कांग्रेसको हालत भारतको कंग्रेस आईको जस्तै हुने भनिरहेका छन् ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले भने गठबन्धन गरेर जानुपर्ने मत राखिरहेका छन् ।

अहिले कांग्रेसमा बहुमत सदस्यहरु चुनावी तालमेलकै पक्षमा छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुको मन बिझाउनेगरि कुनैपनि अभिव्यक्ति नदिन सभापति देउवाले कडा चेतावनी दिएका छन् ।

पछिल्लो समय नेता शेखर कोइराला र गगन थापाको समूहले भने गठबन्धन गर्न नहुने भन्दै सोहीअनुसारको तयारी गरेका छन् ।

उनीहरु अन्तिमसम्म पनि चुनावी गठबन्धन गर्न नदिनेगरि जुटेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत गठबन्धन गरेर जाँदा नै कांग्रेसलाई फाईदा हुने धारणा राख्दै आएका छन् ।

उनले स्थानीय तहको आवश्यकत्ताअनुसार नै चुनावी तालमेल गर्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्