काठमाडौं, २२ चैत्र । बैंक अफ काठमाण्डूले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गुल्मीको इस्मा, मालिका, मुसीकोटमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
ग्रामिण भुभागमा बसोबास गर्ने महानुभावहरुलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।
बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिएका थिए ।
साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिए ।
बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।