Logo

प्रधानमन्त्री देउवाले आज चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दै



काठमाडौं, २२ चैत्र । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत व्यापार पारवहन तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको चोभारको सुक्खा बन्दरगाहको उद्घाटन गर्दैछन् ।

प्रधानमन्त्रीले आज बीरगञ्जबाट माल वस्तु बोकेर आएको डिजिटल लकिङ गरेर आएको कन्टेनरलाई चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहमा भित्राएर सञ्चालनको घोषणा गर्ने स्रोतले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा १ अर्ब ६० करोड लागतमा बन्दगराहको निर्माण थालिएको हो । २०७५ सालमा काम सकिने भनिएपनि कोभिडको कारण समयमा काम हुन नसकेको हो ।

२ सय २८ रोपनी क्षेत्रमा फैलिएको उक्त सुक्खा बन्दरगाह सञ्चालन आएपछि तेस्रो मुलुकबाट आउने सामान वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुने जनाइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्