२२ चैत्र काठमाडौ । आगामी स्थानीय चुनाव लागि निर्वाचन आयोगले आचारसंहिता, २०७८ को प्रभावकारी कार्यान्वयन र दलहरुको प्रतिवद्वता लिन बोलाएको सर्बदलिय बैठकमा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य दललाई भेदभाव गरिएको भन्दै विरोध भएको छ ।
आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई छलफलमा नबोलाई आचारसंहिता बनाइएको भन्दै राष्ट्रिय दल मान्यता प्राप्त नगरेका दलहरुले विरोध जनाएका हुन् ।
राष्ट्रिय दल मान्यता प्राप्त नगरेका दलहरुले निर्वाचन आयोग ठुला दलको मतियार बनेको, प्रमुख निर्वाचन आयुक्त दलको कार्यकर्ता बनेको भन्दै निर्वाचन आयोग विरुद्व नाराबाजी गरेका थिए ।
दलहरुले प्रमुख निर्वाचन आयुक्तले दलका अध्यक्ष तथा प्रतिनिधिहरुलाई बाहिर जानु भने पछि भिड अझ आक्रमण बनेको नेपाली कांग्रेस (वी.पी)का कार्यालय सचिव शुसिल वाग्लेले बताए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माफि माग्नु पर्ने, राजनीतिक गर्ने भए राजीनामा दिएर आउन भन्दै साना दलहरुले नाराबाजी गरेका थिए ।
वाग्लेको अनुसार विरोध सुरु हुन् थाले पछि सभा हलमा प्रहरी परिचालन गरी संचारकर्मीहरुलाई बाहिर निकालिएको थियो । उनले भने,‘संचारकर्मीहरुलाई बाहिर निकालिए पछी भित्र रहेका दलका प्रतिनिधिहरुले लिएको भिडियो तथा फेसबुक लाइभलाई प्रहरी प्रयोग गरेर बन्द गर्न लगाइएको थियो ।’