Logo

बिहे गर्ने प्रलोभनमा रकम ठगी गर्ने श्रेष्ठ पक्राउ



काठमाडौं, २२ चैत्र । बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बिवाह गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमई तथा सिटिएक्सप्रेस मार्फत पटक पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्