Logo

केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल



काठमाडौं, २२ चैत्र । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् ।

मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पस ब्यबस्थापन फुट्सल प्रतियोगिता-२०७८ को समापन,पुरस्कार बितरण समारोह तथा “आर्थिक सवलीकरण-राजनैतिक शुद्धीकरण” विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलिले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदा हुँदै पनि देश विकास हुन नसकेको आरोप लगाए।

अरुण तेस्रो परियोजना निर्माणकाे प्रसङ्ग जोड्दै उनले भने ” ५१ सालमा एमाले ले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो” ” केपी ओली जी हरुको कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्यो ।

कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा काग्रेसले राजनीतिक शुद्धिकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताएका छन् । देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने उनले बताए ।

राज्यले दिने हरेक क्षेत्रकाे सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए । आर्थिक विकासका लागि उत्पादन पहिलो सर्त भएको बताउँदै कांग्रेसले आफ्नो सम्पूर्ण उर्जा उत्पादनमा लगाउनुपर्ने उनको जोड थियो ।

आर्थिक विकास बिना लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै उनले व्यवस्थालाई सवल र बलियो बनाउन अबको नीति उत्पादनमुखी हुनुपर्ने उनको भनाई छ । उत्पादनको छनोट गरेर कृषि र भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको उत्पादनलाई पहिलो प्रथामिकता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा प्रेदेश १ का वन तथा भू संरक्षण मन्त्री शेखर थापा, काग्रेस नेता भीमसेन दास प्रदान, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना,त्रिबिबि ब्यबस्थापन संकायका डिन डिल्लीराज शर्मा,शंकर देव क्याम्पसका प्रमुख केशव राज जोशी,तरुण नेता बिपिन अधिकारी लगाएतले आफ्नो धारणा राखेका थिए भने ने.बि.संघ शंकरदेव क्याम्पस द्वारा आयोजित कार्यक्रममा संघका नेता तथा कार्यक्रम संयोजक दीपक ओझाले अध्यक्षता गरेका थिए ।

सो फुट्सल प्रतियोगितामा उपत्यका १४ वटा क्याम्पसका टिम सहभागी भएक थिए भने फाइनल खेलमा डिएभी कलेज प्रथम भएको थियो भने क्याब्स कलेज दोस्रो भएको थियो । आजै प्रथम हुने टिम लाई नगद रु.५०,००० र द्वितीय हुने टिम लाई नगद रु.२५,००० हजार सहित सिल्ड,प्रमाणपत्र बितरण गरिएको कार्यक्रमका सहसंयोजक अरुण केसिले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot