काठमाडौं, २३ चैत्र । सुदुरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई सरकारमा सहभागी गराउने सहमति भएको स्रोतले जनाएको छ ।
स्थानीय तह निर्वाचनको आचारसंहिता लागु नहुनुअघि सरकारमा कांग्रेसलाई सहभागी हुने गरी गृहकार्य अगाडी बढेको जनाइएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत्र १५ गतेदेखि चुनावी आचारसंहिता लाग्नेछ ।