Logo

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा प्रकाशित



काठमाडौं, २३ चैत्र । चिकित्सा शिक्षा आयोगले चैत्र १८मा सञ्चालन गरेको स्नातक तहको एकिकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले स्नातक तहको शैक्षिक कार्यक्रमहरु एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजीको एकिकृत प्रवेश परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षार्थीले प्रोफाइलमा समेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

आफ्नो नतिजा चित्त नबुझेमा पुनर्योग गर्न चाहाने उम्मेदवारहरुले हिमालयन बैंकको चल्ती खातामा १ हजार जम्मा गरी दस्तुर बुझाएको भौचर वा अनलाइनबाट बुझाएको प्रमाण सम्लग्न गरी चैत्र २७ गते ५ बजेसम्म निवेदन दिन पनि आयोगले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्