Logo

प्रहरीमा एकै पटक सयौंको संख्यामा इन्स्पेक्टर सरुवा निकालिदै



काठमाडौं, २३ चैत्र । नेपाल प्रहरीमा एकैपटक सयौंको संख्यामा इन्स्पेक्टरहरुको सरुवा निकालिने भएको छ । सरुवाका लागि इन्स्पेक्टरहरुको अन्तिम दौडधूप चलिरहेको बुझिएको छ ।

नवलपसारीबाट पाल्पाको रानीमहल प्रहरी भवन उद्घाटन गरेर आइजीपी शैलेश थापा क्षेत्री अपरान्ह काठमाडौं आइपुगेका छन् । उनले सरुवाको टिपनमा हस्ताक्षर गरेपछि आज साँझ या भोलि साँझ सरुवाको निर्णय सार्वजनिक हुने बुझिएको छ ।

निर्वाचन आचारसंहिता लागू हुनु पूर्व इन्स्पेक्टरको सरुवा हुने भएपछि आकर्षक ठाउँमा पुग्न दौडधूप अपरान्हसम्म चलिरहेको छ । धेरैजसो इन्स्पेक्टरहरु आकर्षक ठाउँमा इन्चार्ज बन्न प्रयासरत छन् । इन्चार्ज भइसकेकाहरु नयाँ मालदार ठाउँमा पुग्न प्रयास गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot