Logo

प्रधान सेनापति र राष्ट्रसंघका आवासीय संयोजक होवार्डबीच भेटवार्ता



काठमाडौं, २३ चैत्र । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डबीच आज भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा भएको शिष्टाचार भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो ।

उक्त अवसरमा रिचार्ड होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । र, उनले श्री बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने UNMO, UNSO तालिमको अन्तराष्ट्रिय मान्यताको लागि Accreditation Process  को लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए

साथै, उनले कंगो मिशनमा अपरेशन “बाली“ को क्रममा २०७८/१२/२२ गते (आज ) विद्रोहीको फायरबाट मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति हार्दिक संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई संयुक्त राष्ट्र संघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने विश्वास समेत दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्