Logo

घोषणापत्र बनाइरहेका दलहरुलाई प्रदिप पौडेलले दिए यस्तो सुझाब



चैत २३, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनका लागि दलहरुले तयार गर्ने घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका छन् । उनले अस्तव्यस्त सहरीकरण अहिले राष्ट्रिय समस्याको रुपमा रहेको भन्दै स्थानीय तह निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएका समस्या समाधान गरेर सहरीकरण व्यवस्थितका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका हुन् ।

राष्ट्रिय समस्याका रुपमा रहेको अस्तव्यस्त सहरीकरण वयवस्थापनका लागि फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषणलगायतका सवालहरुलाई घोषणापत्रमा समेट्न पौडेलले ट्विटरमार्फत आग्रह गरेका छन् । ‘अस्तव्यस्त सहरीकरण अहिले हाम्रो राष्ट्रिय समस्याको रुपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएको फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषण, खनिजजन्य पदार्थको अन्धाधुन्ध दोहन, पानीका मूल सुक्ने समस्या आदि सवालहरुलाई घोषणापत्रमा समेट्न अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्