Logo

अलकायदा नेताले भारतकी मुस्कान खानको प्रशंशा गरेपछि…



एजेन्सी, २४ चैत्र । भारतमा मुसलमान महिलाहरुले हिजाब लगाएर शैक्षिक संघसंस्था जान नपाउने विषय विवादमा छ । यसको विरोधमा कतिपय मुसलमान समुदाय देखिएका छन् ।

कर्नाटककी एकजना विद्यार्थी मुस्कान खान हिजाब प्रकरणमा चर्चामा छिन् । उनलाई हिजाब लगाएर कलेज गइरहँदा एक हुल युवाहरुले अवरोध पुर्याएका थिए । त्यसपछि उनले अवरोधको सामना गरिन् । उनको साहसबारे भारतको मिडियाले स्थान पाइरहेको छ । तर, मुस्कानको प्रशंशा अलकायदा प्रमुख अयमन अल जवाहिरीले गरेका छन् ।

मुस्कानका पिता मोहम्मद हुसेनले अलकायदा प्रमुखको अभिव्यक्तिलाई लिएर आफ्नो देशको मामलामा संलग्न भएको भन्दै विरोध गरेका छन् । उनले भनेका छन्, हामीलाई थाहा छैन उनी को हुन् र हाम्रो देशको मामलामा किन संलग्न भइरहेका छन् ?

मङ्गलबार सार्वजनिक अलकायदा नेताको भिडियोमा मुस्कानको प्रशंशा गरिएको छ । स्याफ्रोन सलमा आएका केही युवाहरुले मुस्कानलाई अवरोध पुर्याएपछि उनले अल्लाह हो अकबरको नारा लगाएकी थिइन् । यही विषयमा अलकायदा प्रमुखले मुस्कानको प्रशंशा गरेका थिए ।

मुस्कानका पिता हुसेनले आफ्नो छोरीको नाम लिएकोमा अल कायदा प्रमुखप्रति आक्रोश पोखेका छन् । आफ्नो देशमा खुशीसाथ रहेको र भारतको शान्ति खलबलाउन खोजेको भन्दै आन्तरिक मामलामा नबोल्न भनेका छन् ।

कर्नाटकको मान्डेमा आफू जन्मिएको र फरक धर्म र समुदायबीच दाजुभाई जसरी बसिरहेको बताएका छन् । उनले धक्का दिइएको विषयको निष्पक्ष छानविन गरी समाजमा सद्भाव कायममा जोड दिएका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्