Logo

गठबन्धनका कारण मुलुकमा दुर्दशा सुरु भयोः केशव बडाल



काठमाडौं, २४ चैत । नेकपा एमालेका नेता केशव बडालले आफ्नो पार्टीले चैतभित्रै स्थानीय तहको सबै उम्मेदवारी टुंगो लगाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हामी वडा सदस्य, वडाध्यक्ष हुँदै उपप्रमुख र प्रमुखको चैत महिनाभित्रै टुंगो लगाउन सघन ढंगले वर्क आउट गरिरहेका छौं । पालिकाबाट सर्वसम्मतिले एक जनाको मात्र नाम आए स्वतः पास हुन्छ नै । एकभन्दा धेरै भएका ३ जनामा एक जना महिला हुनुपर्छ । सबै जना महिला भए पनि फरक पर्दैन । जनताको सेवालाई शिरमा राख्ने सेवकलाई नै हामी उम्मेदवार बनाउँछौं ।”
गठबन्धनका कारण मुलुकको दुर्दशा सुरु भएको आरोप पनि उनले लगाए । बडालले भने, “सम्पूर्ण नेपालीले बुझ्नुपर्ने कुरा के हो भने समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी एमाले मात्र हो । चुच्चे नक्सा बनाएर संसद्बाट पारित गरेपछि केपी ओलीलाई हटाउन माधव नेपाल र प्रचण्ड ज्यान छाडेर लागे । गठबन्धनका कारण मुलुक भेनुजुएला र श्रीलंकाभन्दा तल गइसक्यो । तर उनीहरु प्रतिपक्षलाई नै गाली गरेर बसिरहेका छन् । एक महिनापछिको कुरा सोच्न नसक्नेको हातमा राज्यसत्ता गएको छ । अहिले दुर्दशाबाट पार पाउन नेकपा एमालेको एकलौटी सरकार बन्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्