Logo

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड खोप अभियानको शुभारम्भ (फोटोफिचर)



काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले (बिहीबार) टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।

काठमाडौं स्थित दरबार हाइ स्कुलमा भएको कार्यक्रमलाई प्रधानमन्त्री देउवाले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। आजै विद्यार्थीहरूलाई खोप लगाइयो ।

अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ ।

यो खोप सुरु गर्ने नेपाल दक्षिण–पूर्वी एशियामै पहिलो देश बनेको छ। तस्वीरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot