काठमाडौं, २४ चैत्र । सुरक्षा निकायबाट माग भएको आधारभुत स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।
आयोगले स्रोत साधनको अभावमा निर्वाचन गराउन कठिन हुने भन्दै यसबारेमा अर्थमन्त्रालयलाई पत्र पठाएको जनाएको छ। आयोगका अनुसार सुरक्षाकर्मीलाई पेट्रोलिङका सवारी साधनको लागि अभाव त कयौ थोत्रा भएका कारण चलाउन नमिल्ने अवस्थामा रहेका छन् ।
गत वर्षका चुनावहरुमा प्रयोग भएका सवारी साधन अहिलेक काम नलाग्ने अवस्थामा पुगेका छन् । आगामी चुनावमा सुरक्षा जोखिम हुन सक्ने भएकोले आयोगले सरकारलाई ध्यानाकर्षण गराएको हो ।
गत वर्षको चुनावको तुलनामा यसपाली मतदाता ४० लाख थपिएका छन् । तर म्यादी प्रहरीको संख्या भने गत वर्षको जति नै छ ।