काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
बन्दी माधव नेपालनिकट मानिन्छन् ।
यसअघि पनि बन्दी कानूनमन्त्री बन्ने चर्चा चलेको थियो ।
पछिल्लो समय एमसीसी सदनबाट पारित गराउनको लागि बन्दीले निर्णायक भूमिका खेलेका थिए ।
बन्दीको आज दिउँसो २ बजे सपथ गराउने तयारी भएको छ ।
अहिले कानूनमन्त्री रहेका दिलेन्द्र प्रसाद बडुलाई भने देउवाले उद्योग मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघि उद्योग मन्त्रालय देउवा आँफैले राखेका थिए ।