Logo

चितवन कांग्रेसका नेताहरु डेलिगेसनका लागि काठमाडौंमा



काठमाडौं, २४ चैत्र । भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेपर्ने माग गर्दै चितवनका नेताहरु डेलिगसनका लागि काठमाडौं आएका छन् । नेताहरुको टोलीले महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी चुनावी निर्णय लिन सत्ता गठबन्धन गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन् ।

चितवनका कांग्रेसका सभापति राजेश्वर खनाल, नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निर्वतमान सभापति जितनारायण पौडेलको टोलीले नेता रामचन्द्र पौडेललाई भेटेर मेयर छाड्न नसक्ने बताएका हुन् । नेताहरुले आगामी चुनावमा गठबन्धन र पार्टीको निर्णय मानेपनि भरतपुरको मेयर भने नछाड्ने बताएका छन् ।

गत वर्षको चुनावमा कांग्रेसको समर्थनमा माओवादीकी रेणु दाहाल महानगरकी मेयर भएकी थिइन् । यसपटक पनि माओवादीले नै मेयर दाबी गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्