Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन भूमिका खेल्ने गोविन्द बन्दी र दिलेन्द्र बडु पुरस्कृत, बन्दीलाई कानून र बडुलाई उद्दोगको जिम्मेवारी



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून व्यवसायी गोविन्द बन्दीलाई कानून मन्त्रीको नियुक्तिको सिफारिश गरेका छन् ।

यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्र प्रसाद बडुलाई उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लग्ने निर्णय लिएका छन् ।

बन्दी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले एमसीसीको व्याख्यात्मक विश्लेषणका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोग लगाउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

बडु काँग्रेसका केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिमका बडु काँग्रेस नेता रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेका थिए । उनले पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

जबराविरुद्ध महाभियोग ल्याउन भूमिका खेल्ने बडु र बन्दी दुवै पुरस्कृत भएका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्