काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् ।
उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् ।
आयोगले कानून विपरिक आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ ।
यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।