Logo

भानु नगरपालिका प्रमुखमा युवा नेता अधिकारीद्धारा उम्मेदवारी घोषणा



तनहुँ, २४ चैत्र । नेपाली काङ्ग्रेसको तर्फबाट भानु नगरपालिका प्रमुखमा युवा नेता विपिन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उत्कृष्ट नीति, पूरा गर्न सक्ने कार्यक्रम र समुन्नत भानु नगर बनाउन आफुले उम्मेदवारी दिने अधिकारीले बताए ।

पार्टीका सबै नेता कार्यकर्ता एब शुभचिन्तकको सहयोग, बिशिस्ट सामाजिक ब्यक्तिहरुको सुझाब एबं नया युवाहरुको योगदानले साझा गन्तब्यमा पुग्न कठिनाइ नहुने युवा नेता अधिकारीको भनाई छ । अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रतिकुल स्वास्थ्यका बाबजुद आफै उपस्थित हुन नसकेपनी वारेस मार्फत आफ्नो दावेदारी प्रस्तुत गरेको छु।अग्रजहरुको आशिर्वाद र युवाहरुको साथले नवीन भानु बनाउने मेरो संकल्पमा सबैको सहयोगको अपेक्षा गरेको छु।
उत्कृष्ट नीति , पूरा गर्न सक्ने कार्यक्रम र सबैको एकताले हामिलाइ पक्कै समुन्नत भानुको हकदार बनाउछ।। पार्टीका सबै नेता कार्यकर्ता एब शुभचिन्तकको सहयोग, बिशिस्टसामाजिक ब्यक्तिहरुको सुझाब एब नया युवा साथिहरुको अतुलनिय योगदानले हामी हाम्रो यात्राको साझा गन्तब्यमा पुग्न कठिनाइ छैन भन्ने बिस्वास लिएको छु।।जयनेपाल।।।।



प्रतिक्रिया दिनुहोस्